नेपाल–भियतनाम व्यापार र लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स र भियतनामकी उपराष्ट्रपतिबीच छलफल

Nepal-Vietnam bilateral investments
Share It On:

८ भदौ, काठमाडौं ।

नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सले भियतनामकी महामहिम उपराष्ट्रपति भो थी आन्ह जुआनसमक्ष द्विपक्षीय लगानी र व्यापार अभिवृद्धिबारे छलफल गरेको छ।

काठमाडौंमा आयोजित सो छलफलमा दुई देशबीच निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा महत्वपूर्ण छलफल भएको हो।

भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको समुपस्थितिमा भएको बैठकमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ लगायतका पदाधिकारीहरुको सहभागिता थियो।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको अवसरमा भएको यो भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्यायको सुरुवातका रूपमा लिएको छ। बैठकमा दुवै देशबीच व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे गहन छलफल भएको थियो।

महामहिम उपराष्ट्रपति जुआनले द्विपक्षीय व्यापार र लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वयको आवश्यकतामा जोड दिनुभयो।

उहाँले चेम्बरका पदाधिकारीहरूलाई भियतनाम भ्रमण गरी सम्भावित लगानीका क्षेत्रमा भियतनामको चेम्बरसँग सहकार्य गर्न सुझाव दिनुभयो।

यस छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सले कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग र साझेदारीको अपार सम्भावना रहेको बताउँदै व्यावहारिक कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिएको छ।

चेम्बरले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

For more: Nepal-Vietnam bilateral investment


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *