नेपाल टेलिकम सम्मानित: सबैभन्दा बढी आयकर तिर्ने संस्था

nepal-telecom-sammanits
Share It On:

४ मंसिरकाठमाडौँ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान प्राप्त गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरेको हो।

गत शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक विशेष समारोहमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल टेलिकमलाई सम्मान गरे। सम्मान ग्रहण गर्दै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले राजस्व योगदानमा कम्पनीको निरन्तर प्रयासलाई सफलताको रूपमा स्वीकार गरिन्।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने परम्परा बसाल्दै आएको छ। सो अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने प्रचलन रहेको छ। यस वर्ष, नेपाल टेलिकमसहित धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थाहरूलाई पनि विशेष रूपमा सम्मानित गरिएको थियो।

For more: Nepal Telecom Sammanit


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *