५ जेठ, काठमाडौं ।
नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको अनिर्दिष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ।
Nepal Telecom financial performance
कम्पनीको कुल सञ्चालन आय रु. २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलना मा ०.६४% ले कम भएको हो। कुल आय रु. २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार पुगेको छ, जुन गत वर्षको तुलनामा ८.८९% ले घटेको छ।
मुनाफाको पक्षमा, Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. १४ अर्ब १९ करोड २१ लाख ९२ हजार पुगेको छ, जुन ५.८९% ले वृद्धि हो।
करअघिको मुनाफा रु. ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार रहेको छ, जुन गत वर्षको तुलनामा १६.८२% ले बढेको हो। तर, खुद मुनाफा रु. २ अर्ब ८४ करोड २२ लाख ८९ हजारमा सीमित रहँदा अघिल्लो वर्षको तुलनामा ४८.६७% ले गिरावट आएको छ। कम्पनीको प्रति शेयर आम्दानी वार्षिक रूपमा रु. २१.०५ रहेको छ।
राजस्व र मुनाफामा आएको कमीको मुख्य कारणहरुमा OTT सेवाहरुको व्यापक प्रयोगले अन्तर्राष्ट्रिय कल आयमा २२.३७% को कमी, GSM अनुमति पत्र नवीकरणमा एकमुष्ट रु. २० अर्ब भुक्तानी, कर्मचारी निवृत्तिभरणको लागि छुट्टाइएको ठूलो रकम, तथा ब्याज आयमा ४६.०२% को गिरावट समावेश छन्।
साथै, प्रतिस्पर्धी ISP हरुको Wi-Fi सेवा विस्तारले मोबाइल डाटा प्रयोगमा कमी ल्याएको छ। विकट र दुर्गम क्षेत्रहरुमा सेवा विस्तार गर्दा लागत बढ्नु र सेवाको दररेटमा गरिएको कटौतीले पनि राजस्वमा नकारात्मक प्रभाव परेको छ। कम्पनीले पेन्सन योजनाको खर्च र स्थगन करको प्रभाव समेत सामना गरेको छ।
For More:-Nepal Telecom financial performance
#नेपालटेलिकम #वित्तीयसारांश #आर्थिकवर्ष२०८१_८२ #तीस्रोत्रैमासिक #EBITDA #मुनाफा #OTTसेवा #डेटाप्रयोग #आईएसपी #सेवादर #पेन्सनयोजना #ICTFrame