नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी रोमिङ अब डेनमार्क र दक्षिण कोरियामा पनि
११ चैत, काठमाडौँ।
नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा थप विस्तार गरेको छ। अबदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरूले डेनमार्क र दक्षिण कोरिया भ्रमण गर्दा पनि उच्च गुणस्तरको अन्तर्राष्ट्रिय भोल्टी रोमिङ (International VoLTE Roaming) सेवा प्रयोग गर्न पाउने भएका छन्।
यस सेवाका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
८ देशका ९ सेवा प्रदायकसँग सहकार्य यो विस्तारसँगै अब विश्वका ८ वटा देशहरूमा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा उपलब्ध भएको छ। यसअघि नै क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा यो सेवा सुचारु भइसकेको थियो।
हालसम्म टेलिकमले विभिन्न देशका ९ वटा दूरसञ्चार सेवा प्रदायकहरूसँग यस सम्बन्धी सम्झौता गरिसकेको छ।
के हो अन्तर्राष्ट्रिय भोल्टी रोमिङ?
रोमिङ सेवा अन्तर्गत विदेशमा रहँदा पनि नेपाल टेलिकमकै सिम प्रयोग गरी भ्वाइस, डाटा र एसएमएस सेवा लिन सकिन्छ। विशेषगरी ‘भोल्टी’ (VoLTE – Voice Over LTE) प्रविधिमार्फत प्रयोगकर्ताले एचडी (HD) गुणस्तरको स्पष्ट भ्वाइस कल गर्न सक्दछन्।
सेवा कसरी सुचारु गर्ने? भोल्टी सेवा प्रयोग गर्नका लागि मोबाइल सेटले यो प्रविधि सपोर्ट गर्ने हुनुपर्छ र सिममा यो सेवा एक्टिभेट गरिएको हुनुपर्छ।
आफ्नो मोबाइलमा सेवा एक्टिभेट गर्न *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छान्नुहोस्।
मोबाइलको स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE चिन्ह देखिएमा सेवा उपलब्ध भएको बुझिन्छ।
For more: Nepal Telecom Partners SK Telecom


