१९ मंसिर, काठमाडौँ।
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ ।
Nepal Telecom mPOS recharge bonus
यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।
कम्पनीले हिजो (२०८१ मङ्सिर १८) देखि आगामी पौष १७ गते सम्मका लागि MPOS रिचार्जमा देहाय बमोजिम बोनस समेत उपलब्ध गराएको छ ।
S.N. | Upon Recharge of Rupees | Bonus (Resource) |
1 | 50-99 | 20 Min On-Net Voice for 3 days |
2 | 100-199 | 50 Min On-Net Voice for 3 days |
3 | 200-499 | 2 GB (Per day 1 GB for 2 days) |
4 | 500 & above | 8GB (Per Day 2GB for 4 days) |
ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।
यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।
For More:-Nepal Telecom mPOS recharge bonus