नेपाल टेलिकमले सार्वजनिक गर्यो ‘संविधान दिवस अफर २०८२’
२ असोज, काठमाडौं।
नेपालको संविधान २०७२ घोषणा भएको एक दशक पूरा भएको अवसरमा नेपाल सरकारले २०८२ असोज ३ गते विशेष कार्यक्रमसहित संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ।
यसै अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गरी ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ। नेपाल टेलिकमको भनाइ अनुसार उक्त अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म लागू हुनेछ।
अफर अन्तर्गत रु. ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कुरा गर्न सकिने १०० मिनेट भ्वाइस सेवा उपलब्ध हुनेछ।
त्यसैगरी, डाटा प्याकेजमा रु. १११ मा ३ दिनसम्म चलाउन सकिने ६ जीबी, रु. १९९ मा ७ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी र रु. २९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।
यस्तै, रु. ७८९ मा फिक्स्ड कम्बो प्याक पनि ल्याइएको छ। यसमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी २० जीबी डाटा, नेपाल टेलिकमकै नेटवर्कभित्र ६०० मिनेट, अन्य नेटवर्कमा २०० मिनेट कुराकानी र एसएमएस सुविधा उपलब्ध हुनेछन्। पोस्टपेड प्रयोगकर्ताले यो प्याकको मासिक शुल्क बुझाउँदा रेन्टल शुल्कमा समेत छुट पाउनेछन्।
ग्राहकहरूले असोज २ देखि ४ गतेसम्म 141511# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी यी प्याकेज खरिद गर्न सक्नेछन्।
For More:-Nepal Telecom Constitution Day Offer 2082