२७ कात्तिक, काठमाडौं ।
नेपाल टेलिकमले बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा उत्पन्न विवादबारे स्पष्टिकरण दिएको छ। नयाँ सेवा प्रदायकले सरसफाई सेवा सञ्चालन गरिरहेकाले पुरानो सेवा प्रदायकसँगको कुनै दायित्व नरहेको जानकारी गराएको छ।
Nepal Telecom Clarifies Dispute
नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, र सरसफाईजस्ता सेवाहरू आवश्यकता अनुसार बोलपत्र प्रक्रियाबाट निश्चित समय र कार्य तोकी निजी सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गर्ने गरेको छ।
जब सेवा अवधि समाप्त हुन्छ, टेलिकम र ती सेवा प्रदायक कम्पनीहरूबीचको दायित्व स्वतः अन्त्य हुने व्यवस्था छ।
हाल दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्रको सरसफाई सेवा नयाँ सेवा प्रदायक कम्पनीलाई प्रतिस्पर्धाको आधारमा जिम्मा दिइएको छ। विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता समाप्त भइसकेपछि पनि ती कम्पनीसँग सम्बन्धित जनशक्तिहरूले विभिन्न माग राख्दै धर्ना दिइरहेका छन्।
उनीहरूले नयाँ सेवा प्रदायक कम्पनीका कर्मचारीलाई कार्य गर्न अवरोध पुर्याएको भन्दै टेलिकमले यस्तो गतिविधि कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गरिरहेको बताएको छ।
नेपाल टेलिकमले विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भइसकेको स्पष्ट गर्दै, ती जनशक्तिहरूसँग कम्पनीको कुनै सम्बन्ध नरहेको बताएको छ।
For more: Nepal Telecom Clarifies Dispute