कालिकोट देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार

Nepal Telecom ADSS Deployment
Share It On:

१३ चैत, काठमाडौं ।

नेपाल टेलिकमले कालिकोटदेखि मुगुसम्म ADSS प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरेको छ। दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा सुधार गर्दै मोबाइल ब्रोडब्याण्ड तथा फाइबर सेवाको स्तरोन्नति र निरन्तरता सुनिश्चित गर्ने लक्ष्य।

नेपाल टेलिकमले पहिलो पटक All–dielectric self–supporting -ADSS  प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हो ।

देशको दुर्गम क्षेत्रमा सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत विस्तार गरिएको सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुन साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको कम्पनीका प्रवक्ता हरि ढकालले बताएका छन्।

सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको अनुभव गर्न सक्ने टेलिकमले विश्वास लिएको छ । यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने Transmission route  को बैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने टेलिकमले जनाएको छ ।

For more: Nepal Telecom ADSS Deployment Kalikot


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts