अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
२६ भदौ, काठमाडौं।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई सीमित कर्मचारी मार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाको २०८२ भदौ २५ गते जारी गरिएको विज्ञप्तिअनुसार आवतजावत हुनेगरी संवेदनशील प्रणाली (Critical System) सञ्चालन गर्न भनेको छ ।
बैंकले आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) लाई ध्यानमा राख्दै अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु गर्न आग्रह गरेको छ ।
यसका साथै, अन्य प्रणालीको हकमा भने जोखिमको मूल्याङ्कन गरी Remote Access मार्फत सञ्चालनको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । सञ्चालनमा रहेका शाखा, एटीएम र अन्य उपलब्ध सेवासम्बन्धी जानकारी सर्वसाधारणलाई आफ्नो वेबसाइट र सामाजिक सञ्जाल मार्फत गराउन समेत सूचनामा उल्लेख छ ।
For More:-Nepal Rastra Bank essential services