नेपाल राष्ट्र बैंकद्वारा वित्तीय चेतनासम्बन्धी सन्देश: अनधिकृत कारोबार तत्काल जानकारी दिन आग्रह

Nepal Rastra Bank Advisory
Share It On:

२ वैशाख २०८२, काठमाडौं।

वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज नयाँ सन्देश सार्वजनिक गरेको छ। बैंकले अनधिकृत कारोबार बारे तत्काल जानकारी दिन नागरिकलाई आग्रह गरेको छ, ताकि बैंक तथा वित्तीय संस्थाहरू समयमै आवश्यक सुरक्षा उपायहरू अपनाउन सकून्।

राष्ट्र बैंकको सन्देश अनुसार, ग्राहकले आफ्नो खाताबाट कुनै अनधिकृत कारोबार भएको जानकारी पाएपछि तुरुन्त सम्बन्धित बैंक वा वित्तीय संस्थाको टोल फ्री नम्बर वा ग्राहक सहायता समूह (Customer Support Team) मार्फत सम्पर्क गर्नुपर्ने उल्लेख गरिएको छ।

“आफ्नो खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कुन निकाय वा व्यक्तिलाई खबर गर्ने भन्नेबारे जानकारी हुनु अति आवश्यक छ,” राष्ट्र बैंकले जनाएको छ। यसका लागि सबै बैंक तथा वित्तीय संस्थाले आवश्यक पूर्वतयारी गरेका छन्।

साथै, राष्ट्र बैंकले सबै ग्राहकलाई आफ्नो कारोबार गर्ने संस्थाको आपतकालीन सम्पर्क नम्बरहरू पहिल्यै संकलन गरि सुरक्षित राख्न सुझाव दिएको छ।

ग्राहकले गुनासो दर्ता गर्न निम्न माध्यमहरू प्रयोग गर्न सक्नेछन्:

गुनासो दर्ता अनलाइन पोर्टल: www.gunaso.nrb.org.np

वित्तीय ग्राहक संरक्षण इकाइ सम्पर्क नम्बर: ०१–५३१०८००

For more: Nepal Rastra Bank Advisory 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *