नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्सबीच सम्झौता

Nepal Micro Balaju Auto Deal
Share It On:

२९ जेठ, काठमाडौं ।

नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्स प्रालिबीचमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त बीमा कम्पनी र अग्नि समूह अन्तर्गत बालाजु अटो वर्क्सबीच सम्झौत भएको हो ।

सम्झौता पत्रमा दुवै पक्षबीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिलराज गिरी र बालाजु अटो वर्क्सको तर्फबाट नायव महाप्रबन्धक शिवसुदन श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्क्स प्रालिका सहायक महाप्रबन्धक सन्तोष कुमार अधिकारी समेतको उपस्थिति रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *