नेपाल लाइफको ‘हामीलाई त बडादसैं लाग्यो है’ टिकटक प्रतिस्पर्धा, ३० हजार सम्म नगद पुरस्कार जित्ने अवसर

Nepal Life Tiktok competition
Share It On:

२० असोज काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैंकाे विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडादसैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडादसैं लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

Nepal Life Tiktok competition

‘हामीलाई त बडादसैं लाग्यो है’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरू लाई क्रमश ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिका आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्ने जनाएको छ ।

दसैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैका लागि यो बडादसैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नका लागि नेपाल लाइफ सबैलाई आह्वान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडादसैंको पावन अवसरमा आयोजित प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताएको छ ।

यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

For More:-Nepal Life Tiktok competition


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *