३ चैत, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को सञ्चालक निर्वाचन आज वीरगञ्जको होटल भिष्वामा सम्पन्न भएको छ।
निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यमा निर्वाचित हुनुभएको छ।
निर्वाचनपश्चात् आजै बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीनजना सञ्चालक सदस्यहरूले अध्यक्ष गोविन्द लाल संघईबाट शपथ ग्रहण गरी पदबहाली गर्नुभएको छ।
नयाँ सञ्चालक समितिले कम्पनीको वृद्धि र सुशासनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
For more: Nepal Life Insurance Elects Directors