आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

Nepal Life ICAN Silver Award
Share It On:

७ साउन, काठमाडौं।

नेपालको जीवन बीमा क्षेत्रको अगुवा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वर्षको अवसरमा इतिहास रचेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने “Excellence in Annual Report Award 2024” अन्तर्गत जीवन बीमा समूहको सिल्भर अवार्ड जित्दै यो अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको हो।

शुक्रबार होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा माननीय महालेखापरीक्षक तोयम रायबाट नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरे।

नेपाल लाइफको आ.व. २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट मूल्यांकन भएपछि यो सम्मान प्रदान गरिएको हो। वित्तीय पारदर्शिता, स्पष्ट खुलासा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना, तथा संस्थागत सुशासनका दृष्टिकोणले नेपाल लाइफको वित्तीय कार्यसम्पादनलाई उच्च प्रशंसा गरिएको छ।

CEO पराजुलीले अवार्ड प्राप्तिको खुसी व्यक्त गर्दै यसबाट कम्पनीको कर्तव्य अझ बढेको बताएका छन्। ३० प्रतिशतभन्दा बढी बजार हिस्सामा आफ्नो प्रभाव जमाएको नेपाल लाइफले सधैं पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे।

उनले कम्पनीका सञ्चालक समिति, बीमितहरू, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय र सबै सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए।

For More:-Nepal Life ICAN Silver Award


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts