२१ भदौ, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
Nepal Life Celebrates Agent Success
कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरे।
५ हजारभन्दा बढी एजेन्सी तथा म्यानेजरहरूको उपस्थिति रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि आवश्यक सीपको प्रशिक्षण दिएका थिए।
इटहरी (कोशी), लालगढ (मधेश), काठमाडौं र नारायणघाट (बागमती), पोखरा (गण्डकी), बुटवल (लुम्बिनी), सुर्खेत (कर्णाली) र धनगढी (सुदूरपश्चिम) मा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी प्रमुख सुनिता पोखरेल, शाखा प्रमुखहरू, र अन्य बीमा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
अमित शर्माले जीवन बीमाको महत्त्व बुझाउन चुनौती रहेको तर यसलाई अवसरमा बदल्न सकिने बताए।
पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट चयन भएका अभिकर्तालाई स्वागत गर्दै कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको उल्लेख गरे।
उनले यस किसिमको कार्यक्रमले अभिकर्ताहरूलाई जीवन बीमाको बजार विस्तारका लागि आवश्यक सीप दिन महत्त्वपूर्ण योगदान दिने बताए।
यसै क्रममा ३१४ जना उत्कृष्ट एजेन्सी तथा म्यानेजरहरूलाई नेपाल लाइफ ताराको रूपमा सम्मान गरिएको थियो। साथै, प्रत्येक प्रदेशका उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई प्रमाणपत्र प्रदान गरे।
For more: Nepal Life Celebrates Agent Success