नेपाल लाइफ इन्स्योरेन्स: १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्ने पहिलो कम्पनी

Nepal Life 10 Billion Premium
Share It On:

३२ असार, काठमाडौं ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गर्दा एउटा कीर्तिमानी सफलता हासिल गरेको छ। कम्पनीले १० अर्ब रुपैयाँ (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको हो।

यस महत्त्वपूर्ण अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको यस उपलब्धिमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले कम्पनीलाई मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गर्ने बीमितहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकायहरू र यस ऐतिहासिक लक्ष्यलाई साकार पार्न अहोरात्र खटिएका सबैमा आभार व्यक्त गरे।

नेपाल लाइफले हासिल गरेको यो उपलब्धिले समग्र बीमा बजारलाई नयाँ दिशा प्रदान गरेको छ। कम्पनी आगामी दिनमा बीमा बजारको वृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा विश्वस्त छ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीका अनुसार नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै, समयअनुसार सबै वर्गलाई उपयुक्त हुने नवीनतम बीमा योजनाहरू ल्याउन, लगानीको प्रतिफल उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने, तथा कर्मचारी र अभिकर्ताहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गरी आम नागरिकलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए।

For More:-Nepal Life 10 Billion Premium


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *