१६ साउन, काठमाडौं।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुर्याइएकाे छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
संशोधित कानुनी व्यवस्था अनुसार ऐनको दफा ५४ को उपदफा ३ मा रहेको सवारी चालक अनुमतिपत्रको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ ।
लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्याइएको छ । यसअघि नवीकरण गरिएपछि त्यसको मान्यता अवधि ५ वर्ष मात्रै रहने प्रावधान थियो ।
For More:-Nepal License Validity 10 Years