२५ भदौ, काठमाडौं।
नेपाल बीमा प्राधिकरणले हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै बीमा कम्पनीहरूलाई घरबाटै काम गर्ने निर्देशन दिएको छ। देशको सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि यो व्यवस्था लागू गर्न प्राधिकरणले भनेको छ।
प्राधिकरणले आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षाका लागि सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेको छ। साथै, कुनै पनि असामान्य गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरिएको छ।
यस निर्देशनको मुख्य उद्देश्य बीमा क्षेत्रका कर्मचारी र कार्यालयहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको छ।
For More:-Nepal Insurance Authority work from home