स्वास्थ्यमन्त्री शर्मा र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिबीच भेट: नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा जोड
२७ कात्तिक २०८२, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र संयुक्त राष्ट्रसंघ (UN) का विभिन्न निकायका प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ ।
कार्तिक २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्दै आएका संयुक्त राष्ट्रसंघ (UN) का विभिन्न निकायका प्रतिनिधिहरूसँग भेटवार्ता गरेकी थिइन् ।
मन्त्रीले सरकारका प्रमुख प्राथमिकताहरूमा मातृ स्वास्थ्य, बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिहरूको गुणस्तर नियमन र सुधार, स्वास्थ्य बीमाको विस्तार र सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण, साथै व्यवस्थित स्वास्थ्य सामग्रीको खरिद र आपूर्ति श्रृंखला सुधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा जोड दिनुपर्ने बताइन्।
भेटवार्तामा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले नेपाल सरकारलाई दिइरहेको समर्थन र सहयोग निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा WHO Country Office Nepal का प्रतिनिधि डा. राजेश एस. पाण्डव, UNDP Nepal का Resident Representative क्योको योकोसुका, UNFPA Nepal का Representative ad interim श्रीराम हरिदास, UNICEF Nepal का प्रतिनिधि एलिस अकुंगा, WFP Nepal का Country Director रियाज लोधी, FAO Nepal का Assistant FAOR अरुण जी.सी. लगायतको सहभागिता रहेको थियो।
यस भेटवार्ताले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न संयुक्त राष्ट्रसंघीय निकायहरूको सहयोग र सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
For More:-Nepal Health System Strengthening



