अवरोध चिर्दै नेपालमा पहिलो पटक फ्लाइङ ट्याक्सी र रोबोट भित्रियो

Nepal Flying Taxi 2025
Share It On:

३० साउन, काठमाडौं। 

बाढी, पहिरो लगायतका प्राकृतिक विपद् र अप्रत्याशित चुनौतीहरूलाई पार गर्दै नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपाल dipal eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको छ।

यी उच्च प्रविधिहरू नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पहलमा सुरक्षित रूपमा काठमाडौं आइपुगेका हुन्।

नाडाका अनुसार यी प्रविधिहरू अब आगामी नाडा अटो शो २०२५ मा सार्वजनिक प्रदर्शनको लागि तयार छन्। यो प्रदर्शनी नेपालमा प्रविधिको इतिहासमा एक नयाँ कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।

“१७औँ संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो,” नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो ऐतिहासिक प्रदर्शनी २०८२ भदौ ३ देखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। नाडाले सबैलाई यस महत्वपूर्ण क्षणको साक्षी बन्नका लागि आमन्त्रण गरेको छ।

For more: Nepal Flying Taxi 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *