युएईले दियो क्रिकेट टोलीलाई भिसा, भोलि प्रस्थान गर्ने
५ असोज, काठमाडौं।
नेपाली क्रिकेट टोलीले युएईको भिसा प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै टोलीले भिसा पाएको र असोज ६ गते (सोमबार) प्रस्थान गर्ने जानकारी दिएको हो ।
यसअघि युएईले नेपाली नागरिकलाई भिसा रोक्दा टोली नेपालमै अड्किएको थियो । निर्धारित तालिका अनुसार टोली गत शुक्रबार प्रस्थान गर्ने तयारीमा थियो तर भिसा नआएपछि यात्रामा ढिलाइ भएको हो । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र इमिरेट्स क्रिकेट बोर्डसँगको समन्वयपछि मात्र भिसा प्रक्रियामा सफलता मिलेको जनाएको छ ।
क्यानले शारजाह क्रिकेट रंगशालामा हुने खेलका लागि टिकट बिक्री पनि सुरु गरिसकेको छ । शनिबारदेखि अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो । प्रतियोगिताको सम्पूर्ण खर्च तथा व्यवस्थापन क्यानकै जिम्मेवारीमा रहनेछ ।
For More:-Nepal Cricket Team UAE Visa