नेपाल बैंकका ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट

Nepal Bank health services discount
Share It On:

१३  मंसिर, काठमाडौँ।

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बीच सम्झौता भएको छ ।

Nepal Bank health services discount

बैंकका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको जमला रहेको यस हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा शत प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुपनारायण शाहले हस्ताक्षर गरेका छन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Skin Care, Hari transplant, Minor Operation, AV Fistula जस्ता स्वास्थ्य सेवा पाउनेछन् ।

For More:-Nepal Bank health services discount


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *