नेपाल बैंक र ई-कमर्स प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

Nepal Bank Daraz Payment Agreement
Share It On:

२५ कात्तिक, काठमाडौं । 

नेपाल बैंक लिमिटेड र ई-कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ ।

Nepal Bank Daraz Payment Agreement

बैंक र अनलाइन ई-कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत् अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २०% वा अधिकतम रु २,५०० बराबरकोे छुट प्राप्त गर्न सक्नेछन् ।

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।  साथै यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मङ्सिर ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

For More:-Nepal Bank Daraz Payment Agreement


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *