२९ चैत, काठमाडौं।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
Nepal Bank Bhaktapur Hospital Discount
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेशनल हस्पिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
For More:-Nepal Bank Bhaktapur Hospital Discount