१९ साउन, काठमाडौं।
नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि. बीच विशेष छुटसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (Sample collection को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरको तर्फबाट ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरे।
काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयरमार्फत हुने यो सहकार्यले नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सहज, पहुँचयुक्त र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियत पूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
For More:-Nepal Bank Alpha Healthcare discount