३० भदौ, काठमाडौं।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (Nepal Airlines Corporation) ले चीनको ग्वाङझाउमा सिधा उडान सुरु गर्ने भएको छ। आगामी ९ असोज (२५ सेप्टेम्बर) देखि नियमित उडान गर्न लागेको निगमले आइतबार एक सूचना जारी गर्दै जानकारी दिएको हो।
यो नयाँ उडानले नेपाल–चीन यात्रा गर्ने यात्रुहरूका लागि अर्को विकल्प प्रदान गर्नेछ। हालसम्म यो रुटमा चिनियाँ वायुसेवा कम्पनी चाइना साउर्दनले मात्रै सिधा उडान गर्दै आएको छ।
ग्वाङझाउको उडानसँगै निगमले आफ्नो अन्तर्राष्ट्रिय गन्तव्यहरूमा विस्तार गरेको छ। हाल निगमले जापानको नारिता, मलेसियाको क्वालालम्पुर, हङकङ, कतारको दोहा, युएईको दुबई, साउदीको दमाम, थाइल्यान्डको बैंककका साथै भारतका मुम्बई, बेङ्ग्लोर र दिल्लीमा उडान गर्दै आएको छ।
For More:-Nepal Airlines direct flights Guangzhou