राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८२ स्वीकृत
२९ साउन, काठमाडौं।
सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले उक्त नीति अनुमोदन गरेको हो।
Advertisement
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै एआई नीति स्वीकृत भएको जानकारी दिनुभयो।
मन्त्रिपरिषद् बैठकको निर्णय सूचीमा १८औं नम्बरमा एआई नीति स्वीकृत गर्ने उल्लेख छ। यस नीतिबाट नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग, नियमन र विकासका लागि स्पष्ट दिशा-निर्देश तय हुने अपेक्षा गरिएको छ।
For more: Nepal AI Policy 2082


