नवनियुक्त कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण, शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता
७ असोज, काठमाडौं।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पदभार निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै शासकीय सुधार र बेथिति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिने छ । जसरी पनि हामी यो पूरा गर्ने तर्फ लाग्नु पर्छ । अर्को कुरा शासकीय सुधार गर्न सकिन्छ कि र बेथिति रोक्न भन्ने जुन ‘म्यान्डेट’ छन् त्यो पूरा गर्न मेरो प्राथमिकता हुने छ ।’
साथै, उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर समेत गरेका छन् ।
For more: Nepal Agriculture Minister Madan Pariyar