एनसीआईटी: नेपालको अग्रणी आईटी कलेज, गुणस्तरीय शिक्षा र नवीनतम पाठ्यक्रममा जोड

NCIT Nepal's Top College
Share It On:

२७ भदौ, काठमाडौं ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (#एनसीआईटी) ले नेपाली आईटी शिक्षामा नयाँ आयाम थपेको छ। सन् २००१ मा स्थापना भएको यो कलेजले पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ काउन्सिलबाट मान्यता प्राप्त गरी आफ्नो २४ वर्षे यात्रामा हजारौँ विद्यार्थीलाई उत्पादन गरिसकेको छ।

NCIT: Nepal’s Top IT College

Admission Open Master of Computer

एनसीआईटी कलेजमा हाल २ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् भने  ७ हजार भन्दा बढी एलुमुनाई नेटवर्क छ। कलेजमा ब्याचलर्स तहमा १७ सय पचास र मास्टर्स तहमा २ सय पचास विद्यार्थी अध्ययनरत छन्।

एनसीआईटीले बीई सिभिल इन्जिनियरिङ, बीई आईटी इन्जिनियरिङ, बीई कम्प्युटर इन्जिनियरिङ, बीई सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन (बीसीए) र बिजनेस एडमिनिष्ट्रेसन (बीबीए) लगायतका विषयमा कक्षाहरू सञ्चालन गर्दै आएको छ। मास्टर्स तहमा कम्प्युटर साइन्स इन्फर्मेसन सिस्टम, एमई कम्प्युटर, र एमएसईसी कम्प्युटर कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

एनसीआईटीका प्रिन्सिपल निरञ्जन खकुरेलले एनसीआईटीलाई नेपालको अग्रणी आईटी कलेजका रूपमा स्थापित गर्न सफल भएको बताएका छन्। उनले भने, “हाम्रो मुख्य उद्देश्य भनेको विश्वव्यापी शिक्षा मापदण्डलाई आत्मसात गर्दै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न प्रतिबद्ध छौँ।”

खकुरेलले थपे, “ पोखरा विश्वविद्यालयको नयाँ पाठ्यक्रममा डाटा साइन्स, क्लाउड कम्प्युटिङ, डिजिटल फरेन्सिक्स, एआई जस्ता अत्याधुनिक विषयहरू समावेश भएसँगै एनसीआईटीले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ। हामीले मास्टर्स र ब्याचलर्स तहमा ११ वटा कार्यकममा कक्षाहरू सञ्चालन गरिरहेका छौं र अनुभवी फ्याकल्टी र प्रयोगात्मक सिकाइमा विशेष जोड दिएका छौँ।”

पोखरा विश्वविद्यालयले विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने प्रावधान राखेको छ। यसका साथै, कलेजले मेरिट आधारमा थप छात्रवृत्ति पनि उपलब्ध गराउने व्यवस्था गरेको छ।

एनसीआईटी कलेजले विद्यार्थीलाई कोर्ससँगै विभिन्न क्रियाकलापमा जोड दिएको छ। कलेजले ट्रेनिङ, सेमिनार, कन्फेरेन्स, र प्रदर्शनी जस्ता कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यसका साथै, न्यूनतम शुल्कमा प्रोफेसनल कोर्ससमेत प्रदान गर्दै आएको छ, जसले विद्यार्थीलाई व्यापक सिकाइको अवसर उपलब्ध गराउँछ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले एडब्लुएस एकेडेमी, शिस्को एकेडेमी, चेकपोइन्ट एकेडेमी, ओर्‍याकल एकेडेमी, र एसिया प्यासेफिक नेटवर्क ईन्फरमेशन सेन्टर (एप्निक) एकेडेमीसँग सहकार्य गरेको छ। साथै, एनसीआईटी कलेज नेपालमा आईपी भि सिक्स लागू गर्ने एपनिकको पहिलो कलेज बनेको छ, जसले नेटवर्किङ क्षेत्रमा अत्याधुनिक प्रविधिहरूको उपयोग सुनिश्चित गर्दछ।

For more: NCIT Nepal’s Top IT College


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *