एनसिआइटी कलेजको ‘इनोभेसन’ सम्मेलन सम्पन्न

NCIT College Innovation Conference
Share It On:

१६ भदौ, काठमाडौं ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) कलेजले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।  ‘कम्प्युटर, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा नवप्रवर्तन‘ शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालसहित भारत, चीन लगायत देशका व्यक्तिहरूको उपस्थिति थियो ।

देश विदेशबाटआएका व्यक्तिहरूले ३५ भन्दा बढी पेपर प्रस्तुत आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए।  उक्त गोष्ठीका सहभागीले शिक्षण तथा अनुसन्धान क्षेत्रमा नयाँ कामको सुरूआत गरिएको बताइएको छ।

NCIT College Innovation Conference

 

पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र भारतीय प्राविधिक संस्थान, पटना (आइआइटी पटना) का कम्प्युटर विभाग प्रमुख राजीव मिश्रले ‘आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटी) जेनेरेटिभ एआई फर क्लाइमेट चेन्ज मिटिगेसन’ विषयमा आफ्नो विचार राखे।

त्यस्तै  एनसीआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले यस्ता सम्मेलनहरूले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा थप योगदान पुर्‍याउने बताए।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *