एनसीआईटी कलेजमा आईटी कोर्सहरूमा भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

NCIT College Enrollment IT
Share It On:

१७ भदौ, काठमाडौं । 

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले स्नातक तहका विभिन्न  कोर्षमा भर्ना खुलाएको छ । सन् २००१ मा स्थापना भएको  एनसीआईटी कलेज पायोनियर आईटी कलेजको रूपमा चिनिदै आएको छ ।

NCIT College Enrollment IT Courses; Apply Online

पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त एनसीआईटी कलेजले स्नातकमा  बिजनेस एडमिनिष्ट्रेसन (बीबीए) ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ (बीई ), बीई इन्फर्मेसन टेक्नोलोजी र बीई सफ्टवेयर इन्जिनियरिङमा नयाँ भर्ना खुलाएको हो ।

बीईमा भर्ना हुनका लागि विद्यार्थीले प्लस टु वा सोसरहको परीक्षामा कम्तिमा सेकेन्ड डिभिजन वा सीजीपीए २.० वा गणित, फिजिक्स तथा क्यामेष्ट्रीमा सी ग्रेड ल्याउनु पर्नेछ भने एलेभलका विद्यार्थीको गणित, फिजिक्स तथा क्यामेष्ट्रीमा डी ग्रेड हुनुपर्ने मापदण्ड तोकिएको छ ।

त्यस्तै बीबीएमा भर्ना हुनका लागि प्लस टु वा सो सरहको परीक्षामा कम्तिमा सेकेन्ड डिभिजन वा सीजीपीए २.० वा ग्रेड सी ल्याउनु पर्नेछ । यसका लागि विद्यार्थीले प्लस टु वा सो सरहको परीक्षामा १०० अंकको गणित वा कम्प्युटर साइन्स पढेको हुनुपर्नेछ ।

यस्तै बीसीएमा भर्ना हुनका लागि प्लस टु वा सो सरहको परीक्षामा कम्तिमा सेकेन्ड डिभिजन वा सीजीपीए १.८ वा ग्रेड डी ल्याउनु पर्नेछ । यसका लागि विद्यार्थीले प्लस टु वा सो सरहको पढेको हुनुपर्नेछ ।

आगामी भदौ १९ गतेसम्म इच्छुक विद्यार्थीले  पढ्न चाहेको विषयमा आवेदन दिन सक्ने छन् भने प्रवेश परीक्षा भदौ २० गते सञ्चालन हुनेछ ।  आवेदन शुल्क १५ सय रूपैयाँ लाग्नेछ। आवेदन अनलाइनबाटै दिन सकिने छ ।

त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

आवेदन दिनका लागि प्लस टु वा सो सरहको ग्रेड वा मार्कसिट, एसईईको क्यारेक्टर प्रमाणपत्र, कक्षा ११ को मार्कसिट, कक्षा १२ को ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी आवश्यक पर्नेछ ।

बीईको प्रवेश परीक्षामा गणितबाट ४० अंक, फिजिक्सबाट ३० अंक, क्यामेष्ट्रीबाट २० अंक र अंग्रेजीबाट १० अंक बराबरको प्रश्न सोधिने छ । त्यसैगरी बीसीएको प्रवेश परीक्षाका लागि अंग्रेजी, गणित, लोजिकल रिजनिङबाट ३० अंक र जनरल अवयरनेसबाट १० अंक बराबरको प्रश्न सोधिने छ भने यस कलेजमा भर्ना हुनका लागि प्रवेश परीक्षा पास हुनुपर्नेछ ।

प्रवेश परीक्षा सम्पन्न भएको भोली पल्ट नै नतिजा सार्वजनिक गरिनेछ। नतिजा प्रकाशित भएपछि अन्तर्वार्ताको प्रक्रिया सुरु हुनेछ, जसको आधारमा भर्नाका लागि विद्यार्थीहरू छनौट गरिनेछन्। परीक्षा नतिजा र अन्तर्वार्ताको संयुक्त मूल्यांकनपछि योग्य विद्यार्थीहरूले भर्ना पाउनेछन्।

छनोट प्रक्रियाको लागि समयतालिका र आवश्यक निर्देशनहरू सम्बन्धित संस्थाको वेबसाइट र सूचना बोर्डमा उपलब्ध गराइनेछ।

For more: NCIT College Enrollment IT


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *