१६ मंसिर, काठमाडौँ।
क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग २०२४ (एनफीएल २०२४) को Official Umpire Partner को रूपमा NEPALPAY नेपालको आफ्नै QR हुनेगरी साझेदारी भएको छ ।
NCHL Partners Nepal Premier League 2024
उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले आज एक औपचारिक कार्यक्रममा गर्नु भएको छ ।
नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा शुरु हुन लागिरहेको छ । राष्ट्रिय स्तरको भुक्तानीको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ ।
उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NEPALQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAYQR एक स्वतन्त्र त्तच् स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायमगर्दै आएको छ ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले NEPAL PAY QR को अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट NEPAL PAY QR मा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।
For more: NCHL Partners Nepal Premier League 2024