एनसेलको ‘सधैँ अन करोडपति’ योजनाः छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

Ncell's Crorepati Campaign
Share It On:

९ असार, काठमाडौं ।

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताको भाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । हिजो कान्तिुर टिभी, एनसेल एप र कम्पनीको यूट्युव च्यानलमार्फ १/१ लाख नगद पुरस्कार जित्ने १० ग्राहकहरु छानिएका हुन् ।

विजेता ग्राहकहरुलाई कम्पनी आफैले पनि सम्पर्क गर्ने र घोषणा भईसकेपछि नगद पुरस्कार लिनका लागि ढिलामा ३५ दिनभित्र कम्पनीको सम्पर्कमा आईसक्नुपर्ने एनसेलले जनाएको छ ।

यो योजनामा एक जनाले १ करोड नगद बम्पर बाहेक १२ हप्ता सम्म प्रत्येक हप्ता १०/१० जनाले १/१लाख गरि १२० जनाले जनही १ लाख नगर पुरस्कार पाउँछन्।

यो पहिलो हप्ता १ लाख नगर पुरस्कार जित्ने १० वटा टिकट नम्बरहरु निम्न अनुसार रहेका छन् ।

डब्लु१–००१३११७१

डब्लु१–००५५२२८१

डब्लु१–०११४६१८७

डब्लु१–०१७९५६४५

डब्लु१–०२१०२६७६

डब्लु१–०३६६१८३३

डब्लु१–०३७९१८४०

डब्लु१–०४३९४३८०

डब्लु१–०४८५६२३१

डब्लु१–०५७३०६४७

के हो सधैं अन करोडपति योजना?

‘सधैँ अन करोडपति’ योजना एनसेलले लामो समयको अन्तरालपछि सञ्चालनमा ल्याएको एक ठूलो ग्राहक योजना हो । योजनाको अन्तिममा १ जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउँनेछ ।

यो योजनामा नगद पुरस्कारका साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवा लगायत विभिन्न सेवा बोनस स्वरुप प्राप्त गर्दछन् ।आइतबार देखि शनिबार सम्मको साप्ताहिक चक्रअनुसार संचालन भईरहेकोयो योजना असार १ देखि १२ हप्ताका लागि सञ्चालनमा रहने एनसेलले बताएको छ ।

कसरी सहभागी हुने?

यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सो भन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्दछ ।

ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइट मार्फत एनसेलसेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्म मार्फत एनसेल सेवा लिन सकिन्छ ।

हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्छन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्दछन् ।

यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।

यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् ।

आफ्नो टिकट कसरी थाहा पाउने?

ग्राहकहरुले आफूले सेवा खरिद गरिसके पछि एसएमएस मार्फत एक लिङ्क पाउँछन् । सो लिङ्कमा गई उनीहरुले आफूले पाएको टिकटहरु हेर्न सक्छन्। एनसेल एप मार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएरआफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएकोछ ।

कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

विजेता कसरी छानिन्छ?

यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभी मार्फत प्रसारण हुने कार्यक्रम मार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिन्छ । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क पनि गर्नेछ ।

थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् ।

यसैगरी एनसेलको वेबसाइट https://www.ncell.com.np/en/individual/sadhain-on-crorepati मा गई वा एनसेल एप डाउनलोड / लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिन्छ।

For more: Ncell’s Crorepati Campaign 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *