एनसेलले ल्यायो ‘सधैं अन’ योजना, डेटा सकिएपछि मोबाइल ब्यालेन्स नकाटिने

Ncell-Sadhain-On
Share It On:

२२ असार, काठमाडौं।

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई सधैं इन्टरनेटको पहुँचमा राख्ने गरी ‘सधैं अन’ नामक नयाँ योजना ल्याएको छ।

ncell sadhain ON offer

नेपालमै पहिलो पटक एनसेलले ल्याएको ’सधैं अन’ योजना अन्तर्गत अन्तर्गत ग्राहकले डाटा, भ्वाइस, एसएमएस, र सामाजिक संजाल चलाउन निःशुल्क डाटा पाउनेछन्। यस अन्तर्गतका प्याकहरू लिन ग्राहकले *१२३# डायल गरी आफूलाई उपयुक्त लाग्ने प्याक खरिद गर्न सक्नेछन् ।

एनसेलले दिएको जानकारी अनुसार, सधैं अन योजनाको मुख्य विशेषता भनेको प्याक सकिएपछि ग्राहकको मेन ब्यालेन्सबाट पैसा कट्दैन। यसले गर्दा ग्राहकले सधैं अनलाइन रहन सक्नेछन् र डाटा सेवाबाट अधिकतम फाइदा उठाउन सक्नेछन्।

यदी अघिल्लो महिना लिएको प्लानबाट कुनै पनि प्याक बाँकी छ भने नयाँ प्यान लिँदा अघिल्लो महिना बाँकी भएका प्याकहरू पनि जोडिन्छन्।

हाल प्रिपेड ग्राहकहरूले मात्रै ’सधैं अन’ योजनाको फाइदा लिन सक्नेछन्। कम्पनीले केही साता भित्रै पोस्टपेड ग्राहकहरूको लागि पनि यो सुविधा सार्वजनिक गर्ने बताएको छ।

यससँगै कम्पनीले दूरसञ्चार सेवा अहिलेको समयमा अत्यावशेक भएको बताउँदै ग्राहकहरूको सहजताका लागि नयाँ–नयाँ योजनाहरू सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तै, ९९ रूपैयाँमा ४९ मिनेटको भ्वाइस, ४९ एसएमएस, दुई जिबी प्याक र एक जिबी सोसल प्याक खरिद गर्न सकिन्छ। यी दुवै प्याक सात दिनको लागि मान्य हुनेछ। यसलाई कम्पनीले ’बेसिक प्याक’ अन्तर्गत राखेको छ।

कम्पनीले सात दिन देखि २८ दिनको लागि मान्य हुने प्याकहरू सार्वजनिक गरेको हो। कम्पनीले २८ दिनलाई मान्य हुने गरी ’बेस्ट प्याक’ सार्वजनिक गरेको छ। यस अन्तर्गत तीन सय ९९ रूपैयाँ, चार सय ९९ रूपैयाँ र पाँच सय ९९ रूपैयाँमा प्याक खरिद गर्न सकिन्छ।

तीन सय ९९ रूपैयाँमा ग्राहकले ८ जिबी डेटा प्याक, ३९९ मिनेट भ्वाइस प्याक, ३९९ एसएमएस र ४ जिबी सोसल प्याक प्राप्त गर्न सक्छन्। चार सय ९९ रूपैयाँमा १२ जिबी डेटा प्याक, ४९९ मिनेट भ्वाइस प्याक, ४९९ एसएमएस र ५ जिबी सोसल प्याक प्राप्त गर्न सकिन्छ।

यस्तै, पाँच सय ९९ रूपैयाँमा २० जिबी डेटा प्याक, ५९९ मिनेट भ्वाइस प्याक, ५९९ एसएमएस र ६ जिबी सोसल प्याक प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।

कम्पनीले ’बेसिक’ र ’बेस्ट’ सँगै ’अनलिमिटेड प्लान’हरू पनि सार्वजनिक गरेको छ । यस अन्तर्गतका प्याकहरू २८ दिनलाई मान्य हुनेछ। अनलिमिटेड प्लान अन्तर्गतको सात सय ९९ रूपैयाँ प्याकमा अनलिमिटेड भ्वाइस, २५ जिबी डेटा र ८ जिबी सोसल डेटा प्याक पाउन सकिन्छ ।

यस्तै, नौ सय ९९ रूपैयाँमा अनलिमिटेड भ्वाइससँगै ५० जिबी डेटा र १० जिबी सोसल डेटा प्याक पाउन सकिन्छ । एक हजार चार सय ९९ रूपैयाँमा भने अनलिमिटेड भ्वाइससँगै १०० जिबी डेटा र १५ जिबी सोसल डेटा प्याक पाउन सकिन्छ ।

यदी अघिल्लो महिना लिएको प्लानबाट कुनै पनि प्याक बाँकी छ भने नयाँ प्यान लिँदा अघिल्लो महिना बाँकी भएका प्याकहरू पनि जोडिन्छन्। हाल प्रिपेड ग्राहकहरूले मात्रै ’सधैं अन’ योजनाको फाइदा लिन सक्नेछन्। कम्पनीले केही साताभित्रै पोस्टपेड ग्राहकहरूको लागि पनि यो सुविधा सार्वजनिक गर्ने बताएको छ।

एनसेलले देशभर ९० प्रतिशत भन्दा बढि जनसंख्या माझ आफ्नो फोरजी सेवा पुर्याएको छ। बागमती प्रदेशको ग्रामीण क्षेत्रमा एनसेलका ४५ ५० जना बजार प्रतिनिधिहरु रहेका छन्, जसले विक्रेताहरुलाई सधैं अन लगायतका विषयमा बिफ्रिङ गर्दछन्।

बागमती प्रदेश एनसेलको प्रमुख बजार हो। यहाँ कुल ग्राहक संख्याको २४ प्रतिशत र कुल नेटवर्कको २८ प्रतिशत साईटहरु छन्। ६० प्रतिशत भन्दा बढी साईटहरु फाइबर मार्फत जोडिएका छन् र ११ वटा एनसेल सेन्टरहरु रहेका छन्।

नेपाल टेलिकमसँगको स्वस्थ प्रतिस्पर्धाले ग्राहकलाई प्रत्यक्ष लाभ पुगेको एनसेलले बताएको छ। प्रतिस्पर्धाले बजारमा नयाँ–नयाँ प्याकेजहरु ल्याउँछ र ग्राहकले धेरै कम शुल्कमा गुणस्तरीय इन्टरनेट सेवा पाउन सक्छन्, एनसेलले जनाएको छ।

एनसेलले ल्याएको सधैं अन योजना ग्राहकको लागि धेरै उपयोगी साबित हुने देखिएको छ। यसले ग्राहकलाई सस्तो शुल्कमा गुणस्तरीय इन्टरनेट सेवा दिने मात्र होइन, डाटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट पैसा काटिने समस्याको पनि समाधान गर्नेछ। एनसेलले आगामी दिनमा पनि ग्राहक-मैत्री सेवामा प्रतिबद्ध भएर अगाडि बढ्ने योजना बनाएको छ।

For more details: ncell sadhain ON offer


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *