एनसेलको नयाँ नम्बर रेन्ज ९७१ सञ्चालनमा
२२ मंसिर, काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आज, मङ्सिर २२ गते (सोमबार) देखि ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर रेन्जका सिमकार्डहरू आम उपभोक्ताका लागि उपलब्ध गराउन सुरु गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते कम्पनीलाई ९७१ बाट सुरु हुने नयाँ नम्बर रेन्ज सञ्चालन गर्ने अनुमति दिएको थियो, जसअनुसार ९८०, ९८१, ९८२, र ९७० बाट सुरु हुने नम्बरहरू प्रदान गरिरहेको एनसेलले अब नयाँ नम्बर रेन्ज ९७१-XXXXXXX प्रदान गर्न थालेको हो।
यस नयाँ रेन्जको सुरुवातले ग्राहकहरूलाई थप सुविधा र विस्तारित सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। नयाँ नम्बर रेन्जका ग्राहकहरूलाई सेवा लिन कुनै अवरोध नहोस् भन्नका लागि, एनसेलले मोबाइल नम्बर प्रणालीमा आबद्ध भई विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर-सरकारी संस्था, सेवा प्रदायक कम्पनी, कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो प्रणालीमा ९७१ नम्बर रेन्ज यथाशिघ्र इन्टिग्रेट (Integrate) गर्न विशेष अनुरोध गरेको छ।
For More:-Ncell New Number Range 971



