एनसेलको सेवामा प्राविधिक सुधारका कारण शुक्रबार अवरोध हुने
२ असोज, काठमाडौं।
एनसेलले आफ्नो नियमित सुधार प्रक्रियाअन्तर्गत शुक्रबार (असोज ३ गते) बिहान ९:०० बजेदेखि बेलुका ८:०० बजेसम्म केही सेवामा अवरोध हुने जानकारी दिएको छ।
कम्पनीले प्राविधिक कार्य गर्ने तालिका अनुसार सो अवधिमा रिचार्ज, प्याक/सेवा सूचनाका साथै एनसेल एप, प्याक, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरु अवरुद्ध रहने जनाएको छ।
Advertisement
एनसेलले आफ्ना ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै, सो सुधार कार्यका कारण पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
For More:-Ncell service disruption Friday


