एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

Ncell police complaint vandalism
Share It On:

३० भदौ, काठमाडौं। 

काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा तोडफोड, आगजनी र डकैतीको घटना भएको भन्दै एनसेलले प्रहरीमा उजुरी दर्ता गराएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न आपराधिक समूहले कार्यालयमा ठूलो क्षति पुर्‍याएको कम्पनीको दाबी छ।

एनसेलले प्रहरीलाई दिएको उजुरीमा तोडफोड र आगजनीका साथै नगद, सेफ, कम्प्युटर, ल्यापटप, गाडी, र अन्य बहुमूल्य सामानसमेत लुटिएको उल्लेख गरेको छ। कम्पनीका अनुसार अपराधी समूहले सुरक्षाकर्मीलाई धम्की दिई एउटा कोठामा थुनेर कार्यालयभित्र प्रवेश गरेका थिए।

उनीहरूले ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका उपकरणमा तोडफोड तथा आगजनी गर्नुका साथै प्रत्येक तलामा प्रवेश गरी सम्पूर्ण सामानमा क्षति पुर्‍याएका छन्। कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, र अन्य महत्वपूर्ण कागजातहरू पनि जलाइएको वा लुटिएको उजुरीमा उल्लेख छ।

यस घटनामा एनसेलले आफ्नो कार्यालयका सबै १० तल्लामा रहेका इलेक्ट्रोनिक सामानहरू, फर्निचर, र कर्मचारीका व्यक्तिगत सामानहरू पनि लुटिएको जनाएको छ। साथै, केही सवारी साधनमा आगजनी गरी पूर्ण रूपमा ध्वस्त बनाइएको र कर्मचारीका गाडीहरूमा समेत तोडफोड गरिएको उजुरीमा भनिएको छ।

एनसेलले घटनामा भएको वास्तविक क्षतिको मूल्यांकन गर्ने कार्य भइरहेको र सोको थप विवरण प्रहरीलाई उपलब्ध गराउने जनाएको छ। कम्पनीले अनुसन्धानमा सहयोगका लागि घटनाको सम्पूर्ण सिसिटिभी फुटेज र लुटिएका सामानहरूको सूची पनि प्रहरीलाई हस्तान्तरण गरेको छ।

For More:-Ncell police complaint vandalism


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *