एनसेलको अनुरोध : दूरसञ्चार पूर्वाधार सुरक्षित राख्न आग्रह, दुई दिन निःशुल्क सेवा

Ncell Announces Free Service
Share It On:

२४ भदौ, काठमाडौं।

हालै देशभर घटेका दुर्भाग्यपूर्ण घटनापछि एनसेलले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

कम्पनीका अनुसार मंगलबार आन्दोलनकारीहरुले केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेका छन्। एनसेलले दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्दा सेवामा अवरोध उत्पन्न भई आम उपभोक्ता मारमा पर्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ।

“दूरसञ्चार सेवा जीवनरेखा हो। संकटको समयमा देश–विदेशमा रहेका आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहन पाउनु उपभोक्ताको अधिकार हो। त्यसैले यस्ता अत्यावश्यक पूर्वाधारलाई क्षति पुर्याउन नदिन सहयोग पुर्‍याउनुहोस्,” विज्ञप्तिमा उल्लेख छ।

सञ्चार पहुँच सहज बनाउन एनसेलले आजदेखि लागू हुने गरी आगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीले संकटका बेला निरन्तर सञ्चार सेवा सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

For more: Ncell Announces Free Services


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *