एनसेलको सेवा पुनः संचालनमा

Share It On:

२८ साउन, काठमाडौं ।

एनसेलको सेवा पुनः संचालनमा आएको छ ।

सोमबार दिउँसो एनसेल (ncell) को सेवामा अचानक समस्या देखापरेको थियो। एनसेलको सिम प्रयोगकर्ताहरूले फोन नलाग्ने, डेटा नचल्ने, र टावर नदेखाउने समस्याहरू देखापरेको थियो।

यसैबिच एनसेलले एक सूचना जारी गर्दै आफ्नो सेवाहरूमा पूर्णरुपमा पुनः संचालनमा आएको जानकारी समेत गराएको छ ।

“आज दिउँसो अप्टिकल फाइबरहरु काटिएर अवरुद्ध भएका सेवाहरु हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयामा नै पूर्णरुपमा पुनः संचालनमा ल्याउन सफल भएको जानकारी गराउँन चाहन्छौं ।

सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,” कम्पनीले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *