राष्ट्रिय व्यवसायिक पहल (NBI) को १९औं साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित, अध्यक्षमा पुनः कुशकुमार जोशी

Kush Joshi NBI President
Share It On:

१६ भदौ, काठमाडौं।

काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative – NBI) को १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यस सभाबाट अध्यक्षमा पुनः कुशकुमार जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँको अध्यक्षतामा आगामी कार्यकालका लागि सम्पूर्ण पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिको विवरण:

  • अध्यक्ष: कुशकुमार जोशी
  • उपाध्यक्ष: शकुन्तलाल हिराचन
  • महासचिव: सुरेन्द्रवीर मालाकार
  • कोषाध्यक्ष: सरोज प्रसाद पाण्डे
  • सचिव: सुरेश प्रधान र डा. बविन पोखरेल
  • सह–कोषाध्यक्ष: राजेश खड्का

कार्यसमितिका सदस्यहरूमा शिव प्रसाद घिमिरे, रमेश शर्मा, रविन्द्रमान सिंह प्रधान, लता प्याकुरेल, अरनिको राजभण्डारी, खेम लकाई, सरिता महर्जन, तथा संस्थागत तर्फबाट नेपाल हस्तकला महासंघ (राजमान बज्राचार्य) र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (महेश कुमार बस्नेत) निर्वाचित हुनुभएको छ । यसका साथै, राजेश बाबु श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ, डा. राजेन्द्र कुमार घिसिङ, होमनाथ उपाध्याय र सनम शाक्य कार्यसमिति सदस्यका रूपमा मनोनीत भएका छन् ।

प्रतिबद्धता र भावी योजना

नवनिर्वाचित अध्यक्ष कुशकुमार जोशीले सबै नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सभाले पारित गरेका दूरगामी निर्णयहरू कार्यान्वयन गर्न कार्यसमिति पूर्ण रूपमा प्रतिबद्ध रहने बताउनुभयो । उहाँले कार्यसमितिमा अनुभवी व्यवसायीहरूको प्रतिनिधित्व भएकाले आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव सुरेन्द्रवीर मालाकारले गत आर्थिक वर्ष २०८१/८२ का प्रमुख गतिविधिहरू प्रस्तुत गर्दै संस्थागत सामाजिक उत्तरदायित्व (CSR), व्यवसाय तथा मानव अधिकार सम्बन्धी कार्यक्रम र आचारसंहिताको अनुगमनलगायतका कार्यहरूको जानकारी गराउनुभयो । सभाले आर्थिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको थियो ।

सल्लाह र सुझाव

कार्यक्रममा पूर्वमन्त्री तथा NBI का सल्लाहकार उमेश श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुधारका लागि ठूला परियोजनाहरू सञ्चालन गर्न आवश्यक रहेको र यसका लागि पहलले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । त्यसै गरी संस्थापक अध्यक्ष पद्म ज्योतिले नेपाल विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन गइरहेको सन्दर्भमा निजी क्षेत्रले अवसर र चुनौती दुवैलाई सामना गर्न रणनीतिक रूपमा अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

पहलले विगत दुई दशकदेखि दिगो शान्ति स्थापना र सामाजिक-आर्थिक विकासमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।

For more: Kush Kumar Joshi NBI President


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *