नेशनल लाइफको सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न
१९ मंसिर, काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली र सुदूरपश्चिम प्रदेशका सिइओ क्लब सदस्य अभिकर्ताहरूलाई सम्मान गर्ने कार्यक्रम नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कर्णाली प्रदेशका ११५ तथा सुदूरपश्चिम प्रदेशका १६१ जना अभिकर्ता सहित विभागीय प्रमुख, प्रदेश प्रमुख र लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रम दीप प्रज्वलनसँगै सुरु भएपछि सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई प्रमाणपत्र, नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल तथा विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।
साथै आफ्नो कोड तथा संजालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई पनि विशेष पुरस्कार वितरण गरिएको थियो। सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार उपाधि विजेता अभिकर्ताहरूलाई समेत सम्मान गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रदेशस्तरीय सम्मान कार्यक्रम देशभर सञ्चालन गर्ने योजनाअनुसार गण्डकी प्रदेशपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै अभिकर्ता मैत्री नीति अन्तर्गत ल्याइएको सिइओ क्लब सदस्यता योजना अत्यन्त सफल भएको र नेपालभर १६०० भन्दा बढी अभिकर्ता छनोट भएको बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले जीवन बीमामा सफलताका लागि आवश्यक सीप, सम्वाद कला तथा ग्राहकसँग निरन्तर सम्पर्कको महत्त्वबारे प्रशिक्षण दिएका थिए। सहभागी अभिकर्ताहरूले पेशागत उन्नतिमा नयाँ ऊर्जा प्राप्त गरेको तथा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान पाउनु प्रेरणादायी रहेको प्रतिक्रिया व्यक्त गरेका थिए।
For More:-National Life CEO Club



