नेशनल साईबर ओलम्पियाड – २०७९ को क्वालिफायिङ्ग चरण सम्पन्न
२० मंसिर २०७९, काठमाडौं।
प्रशिक्षणको आयोजनामा मंसीर १३ गते देखि सुरु भई मंसीर २६ गते सम्म संचालन हुने नेशनल साईबर ओलम्पियाड–२०७९ का क्वालिफायि चरणका खेलहरु सम्पन्न भएका छन् ।
कार्यक्रममा काठमाण्डौ उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरु सहभागि भई प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो ।
क्वालिफायि¨ चरणका सम्पुर्ण खेलहरु फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतीदेवी, काठमाण्डौमा सन्चालन भएका थिए।
ऐम्स एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल–टिम ए, ग्यालेक्सी पब्लिक स्कूल–टिम बि, रिलायन्स को–एड स्कूल, क्यारीबियन सेकेन्डरी स्कूल, पाठशाला नेपाल फाउन्डेशन, रिलायन्स पब्लिक स्कूल, काठमाण्डौ प्रज्ञा कुन्ज स्कूल, द न्यु समिट सेकेन्डरी स्कूल क्वालिफायिङ्ग चरणपार गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनल प्रतियोगिता मंसीर २२ गते विहिवार फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतिदेवी, काठमाण्डौमा हुने छ ।