सूचना प्रविधि र व्यवस्थापन नवप्रवर्तन’ विषयक राष्ट्रिय सम्मेलन पुस ५ र ६ गते

National Conference on Integrating
Share It On:

३  पुस, काठमाडौं।

टेक्सस इन्टरनेशनल कलेजको आयोजनामा ‘सूचना प्रविधि र व्यवस्थापन नवप्रवर्तन तथा संस्थागत स्थायित्वको एकीकरण’ विषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । पुस ५ र ६ गते (शुक्रबार र शनिबार) टेक्सस इन्टरनेशनल कलेज, मित्रपार्क, चाबहिल, काठमाडौंमा कार्यक्रम हुनेछ ।

National Conference on Integrating IT

शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञहरु, अनुसन्धानकर्ता र उद्योग क्षेत्रका विज्ञहरूलाई कार्यक्रममा एकै ठाउँमा ल्याउने तयारी भएको कलेजका आइटी डिपार्टमेन्ट हेड सुमन थपलियाले बताए ।

‘५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गर्दै सूचना प्रविधि र यसको व्यवस्थापन तथा स्थायित्वमा प्रभावबारे प्रकावकारी छलफल हुनेछ,’ उनले भने । ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने कार्यक्रममा १५ भन्दा बढी उद्योग क्षेत्रका विज्ञ तथा प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रम विभिन्न ७ सत्रमा हुनेछ ।

सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नेछन् । पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री ई. गणेश शाह लगायतका उपस्थितिमा आयोजना हुने कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालयले सहयोग गरेको बताइएको छ ।

‘सूचना प्रविधिको एकीकरणले व्यवस्थापन नवप्रवर्तन र संस्थागत स्थायित्वमा कसरी योगदान दिन सक्छ भन्ने विषयमा छलफल गर्न यो सम्मेलन महत्वपूर्ण हुनेछ,’ थपलियाले भने ।

For more: National Conference on Integrating IT


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *