आईटी इकोसिस्टमलाई प्रवर्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य

NAS-IT and TJF Join
Share It On:

३० साउन, काठमाडौं । 

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ ।

NAS-IT and TJF Join Forces

मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

नेपालको आईटी इकोसिस्टको विकास र प्रवर्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुबा संस्थाबीच सहकार्य गरिएको छ ।
नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालको आईटी उद्योगलाई बलियो बनाउन र सशक्तिकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए ।

यस्ता प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आईटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आईटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिदा डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।

नास आईटी बारे

नास आईटी नेपालको अग्रणी गण नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ । नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पश्चवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

टीजेएफ बारे

प्रविधि पत्रकार मञ्च (टीजेएफ) सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को क्षेत्रमा लेख्ने पत्रकारहरुको गण नाफा मुलक छाता संगठन हो । संस्थाले आईटीमा लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ ।

NAS-IT and TJF Join Forces


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *