Split Bill को सुविधा नमस्ते पे एपबाट सुचारु

Namaste Pay Split Bills
Share It On:

२७ मंसिर २०७९, काठमाडौं।

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधाको फाइदा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन् ।

साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ जाँदा, नमस्ते पेको स्प्लिट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दो रुपमा प्रयोग गर्न सकिन्छ । क्यूआर स्क्यानमार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधाबाट लाभ लिन सकिन्छ ।

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी बैंक तथा वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *