NDPC, GFM द्वारा “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४” अवार्डले सम्मानित

Namaste Pay NDPC Win Award
Share It On:

१० भदौ, काठमाडौं ।

काठमाडौँ, भदौ ९: नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्द्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) लाई अनलाइन समाचार एग्रीगेटर, “ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु” (GFM) ले “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४” को अवार्डले सम्मानित गरेको छ। ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु (GFM) वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो।

Namaste Pay NDPC Wins Award

पारदर्शिता, कर्पोरेट सुशासन, दिगोपन, नवीकरण, फिनटेक र ग्राहक सेवाप्रति NDPC द्वारा संचालित डिजिटल भुक्तानी सेवा प्रदायक, नमस्ते पेको प्रतिबद्धता र निरन्तर प्रयासको आधारमा यो अवार्ड NDPC लाई प्रदान गरिएको हो।

नमस्ते पेले नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पेले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक डिजिटल भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ।

नमस्ते पेले USSD च्यानलमार्फत *500# डायल गरेर उपभोक्ताहरूलाई बिना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्नसक्ने सुविधा उपलब्ध गराएको छ, जसले डिजिटल भुक्तानीमा उपभोक्ताहरूलाई सहज पहुँच प्रदान गरेको छ।

साथै “Request Money” र “Split Bill” जस्ता सुविधाहरू उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सेवाहरूमा नवीनताको पहलकर्तासमेत बनेको छ।

ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु (GFM) ले आफ्नो वेबसाइटमा अवार्ड विजेताहरूलाई प्रचार गर्ने र विभिन्न समाचार प्लेटफर्महरूमा व्यापक रूपमा कभरेज गर्न आफ्ना मिडिया साझेदारहरूसँग सहकार्य गर्ने योजना समेत बनाएको छ।

Namaste Pay NDPC Wins Award


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *