नमस्ते पेमा लाेयाल्टी पाेइन्ट्स प्रणालीको सुरुवात

Namaste Pay Flight Tickets
Share It On:

२४ साउन २०७९, काठमाडौं।

नमस्ते पेले आफ्नाे App मा Loyalty कार्यक्रमसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ ।

Namaste Pay को Loyalty Points प्रणाली कुनै प्रयोगकर्ताले Namaste Pay एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ । प्रत्येक प्रयोगकर्ताले हरेक NPR 100 को खर्चमा, 2 NP Coins/Points पाउनेछन् र प्रत्येक 8 NP Points/Coins को मूल्य NPR 1 हुनेछ ।

सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले NP Points सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पे मा उपलब्ध Loyalty Points मा आकर्षक प्रस्तावहरू समावेश छन् जस्तै; NP Coins प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप redeem गर्नसक्ने , विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले NP पोइन्टहरूलाई Namaste Paisa वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले  NP Points redeem गर्ने मौका पाउनेछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *