नमस्ते पे अब नेपाली भाषामा

Namaste Pay Nepali Language

१७ असार, काठमाडौं।

“नमस्ते पे अब नेपाली भाषामा उपलब्ध! आईओएस र एन्ड्रोइडमा नेपाली भाषा छनोट गरेर एप प्रयोग गर्न सकिनेछ। नयाँ अपडेटले नेपालीभाषी प्रयोगकर्ताहरूलाई सहजता र सरलता प्रदान गर्नेछ, डिजिटल कारोबारमा पहुँच वृद्धि गर्दै।”

नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूको भाषाको सहजतालाई ध्यानमा राख्दै उनीहरूको अनुभवलाई अझ सहज र उपयोगी बनाउन यो बद्लाव आफ्नो एपमा ल्याएको हो ।

अब नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे एपलाई पूर्ण रूपमा नेपाली भाषामा छनोट गरेर प्रयोग गर्न सक्नेछन्, जसले गर्दा नेपालीभाषी प्रयोगकर्ताहरूको लागि एप चलाउन अझ सरल र सहज हुने कम्पनीको विश्वास छ ।

नमस्ते पेको यो कदमले भाषागत बाधाहरूलाई हटाउन र नेपालभर सबैलाई डिजिटल कारोबारको पहुँचमा ल्याउन मद्दत पुग्ने कम्पनीले जनाएको छ।

नमस्ते पे एपलाई नेपाली भाषामा स्विच गर्न धेरै सजिलो छ । प्रयोगकर्ताहरूले आफ्नो एप अपडेट गरेपछि भाषा सेटिङमा गई नेपाली भाषा चयन गर्न सक्नेछन् । नमस्ते पे सधैँ नयाँ सेवाहरू, जस्तै; यूएसएसडी (अफलाइन) मोड, स्प्लिट बिल र रिक्वेस्ट मनीजस्ता सुविधाहरू प्रस्तुत  गर्न अग्रणी रूपमा प्रस्तुत भइसकेको छ ।

यी अपडेटहरू नमस्ते पेको डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन र प्रस्तुत गर्न गरिएको निरन्तर प्रयासको एक नहस्सा हो ।

नमस्ते पे नगदरहित समाजको सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here