नमस्ते पे क्यासब्याक अफर: चाडपर्वमा डिजिटल भुक्तानीको आकर्षक योजना

Namaste Pay Festive Campaign
Share It On:

११ असोज, काठमाडौं ।

चाडपर्व नजिकिंदै गर्दा, नमस्ते पे ले आफ्नो प्रयोगकर्ताहरुलाई थप लाभ पुर्‍याउन विशेष क्यासब्याक योजना सुरु गरेको छ। डिजिटल भुक्तानी प्रविधिमा नयाँ उचाई हासिल गर्दै, नमस्ते पे ले उडान टिकट खरिद र विभिन्न सेवाहरुमा क्यासब्याक अफर ल्याएको छ। यो योजना २०८१ असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ।

Namaste Pay Festive Campaign 2081

क्यासब्याक अफर

यस योजनामा, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने प्रयोगकर्ताहरुले प्रति टिकट तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै, नेपाल टेलिकम का सेवाहरु जस्तै रिचार्ज, FTTH, ADSL बिल भुक्तानीमा पनि प्रयोगकर्ताले २% क्यासब्याक पाउनेछन्।

प्रयोगकर्तालाई थप सुविधा दिनका लागि, यो क्यासब्याक अफर प्रयोग गर्न प्रोमो कोड आवश्यक पर्दैन। हरेक टिकट खरिद वा भुक्तानीमा स्वत: लागू हुनेछ, जसले गर्दा प्रयोगकर्ताले जति धेरै लेनदेन गर्छन्, उति नै धेरै क्यासब्याक पाउनेछन्।

नमस्ते पे को उद्देश्य

नमस्ते पे एक डिजिटल भुक्तानी सेवा हो, जसको मुख्य उद्देश्य नगदविहीन समाजको निर्माण गर्न मद्दत गर्नु हो। यसले आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षित र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्दछ। नेपाल टेलिकमका प्रयोगकर्ताहरुले *500# डायल गरेर USSD मार्फत अफलाइन सेवाहरुको समेत फाइदा लिन सक्दछन्।

रिचार्ज, बिल भुक्तानी, पैसा पठाउनु, व्यापारी भुक्तानी जस्ता सुविधाहरु सजिलै उपलब्ध छन्।

नमस्ते पे ले ल्याएको यो क्यासब्याक योजना नेपाली प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीको फाइदा र प्रोत्साहन दिन एक महत्वपूर्ण कदम हो। यो योजना विशेष गरी चाडपर्वको समयमा उपभोक्ताहरुको लागि लाभदायक बन्न सक्छ।

For more: Namaste Pay Festive Campaign 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *