विज्ञान दिवसमा नार्गाजुन चौतारी (नाचौ) को छलफल कार्यक्रम सम्पन्न 

Nagarjun Chautari Science Day discussion
Share It On:

३१ भदौ, काठमाडौं ।

१२ औँ विज्ञान दिवसको पुर्व सन्धयामा नागार्जुन चौतारी (नाचौ) ले संस्थाका अध्यक्ष टेक बहादुर कार्कीको सभापतित्वमा विज्ञान तथा प्रविधि एक छलफल कार्यक्रम आयोजना गरेको छ ।

Nagarjun Chautari Science Day discussion

शशस्त्र प्रहरी बल हलचोकको कवर्डहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गृहमन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले राष्ट्रिय विज्ञान दिवसको शुभकामना व्यक्त गर्दै नेपालीहरुले विज्ञान र प्रविधिको उपयोग गरेर आफ्नो जिवनलाई समुन्नत बनाउनुपर्ने बताए । उनले आँफुहरुको समयमा विद्यालयको पठ्यक्रममा विज्ञान ऐच्छिक विषय रहेको र अहिले विज्ञान अनिवार्य विषय रहेकोमा खुशी व्यक्त गर्दै अहिले साईवर अपराधका श्रृंखला बढिरहेकाले भविष्यमा साईवर साक्षरता सम्बन्धी कार्यक्रमहरु वडा–वडामा संचालन गर्नुपर्ने कुरमा जोड दिए ।

त्यस्तै कार्यक्रमको विशेष अतिथी समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले आयातमुखी अर्थतन्त्रलाई विज्ञान प्रविधिको लगानीले आत्मनिर्भर अर्थतन्त्र तर्फ डो¥याउन सक्ने बताउदै हाम्रो देशको राष्ट्रिय सुरक्षाको उचित व्यवस्थापनको लागी पनि विज्ञान प्रविधिमा लगानी गर्नुको विकल्प नरहेको जिकिर गरे । विज्ञान–प्रविधि राष्ट्रको विकाशको लागी अपरिहार्य माध्यम रहेको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले नागार्जुन नगरपालिकाले विगतमा प्रविधि क्षेत्रमा गरेका कामहरु तथा भविष्यमा गर्ने कार्यहरुको पुर्व तयारीको शन्दर्भमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार समेत रहेका उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सँस्थाको मुलभुत उदेश्य व्यक्ति र समाजलाई स्वस्थ बनाउनेतर्फ केन्द्रित रहेको बताए। त्यस्तै कार्यक्रममा मुख्य कार्यपत्र प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकार हरिराम रिमालले वैज्ञानिक अवधारणाको विकासक्रम, विज्ञान र प्रविधि, प्रविधि र आर्टिफिसियल ईन्टेलिजेन्सका विविध आयामहरु माथी प्रकाश पारे । त्यस्तै अर्का कार्यपत्र प्रस्तोता डा. अनु शाक्यले स्वास्थ्य क्षेत्रमा प्रयोग भईरहेको आर्टिफिसियल ईन्टेलिजेन्सको सन्दर्भमा आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै कार्यक्रममा मन्तव्य दिदै डा. ध्रुव रेग्मी ले विज्ञान र प्रविधि मानव सभ्यताकै चुनौतिको रुपमा आईरहेकाले यसको नाकरात्मक पाटाहरुको न्युनिकरणमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा विद्यार्थी नमुना खड्का ले विज्ञान सम्बन्धी कविता वाचन गरेर सुनाएका थिए । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका टेक बहादुर कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र उपस्थित हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि संस्थाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रका जानकार राजेन्द्र बराल,आयोजक संस्था नागार्जुन चौतारीका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *